मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाइजेरियामा छुट्टाछुट्टै आक्रमणमा ७४ जनाको मृत्यु

नाइजेरियामा छुट्टाछुट्टै आक्रमणमा ७४ जनाको मृत्यु

सुदूर आज

काठमाडौं । उत्तरी मध्यनाइजेरियाको बेनु राज्यमा बन्दुकधारीले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ७४ जनाको मृत्यु भएको भएको छ ।

स्थानीय अधिकारी र प्रहरीले जनाइए अनुसार हालैका वर्षहरूमा यस क्षेत्रमा हिंसा बढेको छ ।

बेनु राज्यका प्रहरी प्रवक्ता क्याथरिन एनेले शुक्रबार साँझ र शनिबार बिहानको बिचमा स्थानीय सरकारी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविरबाट २८ शव फेला परेको बताए ।

आक्रमण कसले गराएको हो भन्ने स्पष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारीहरू आए र गोली चलाउन थाले । त्यसपछि मानिसहरू भागाभाग भएको थियो ।

ओतुक्पो स्थानीय सरकारी क्षेत्रको दुर्गम उमोगिडी गाउँमा बुधबार एउटा छुट्टै घटनापछि आक्रमण भएको थियो । जब संदिग्ध गोठालाहरूले अन्त्येष्टिमा गाउँलेहरूलाई मारेका थिए ।

बेनु राज्यका गभर्नरका सुरक्षा सल्लाहकार पाउल हेम्बाले बुधबारको आक्रमणपछि ४६ शव फेला पारिएको बताए । अलजजिरा