मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सेवा समाज युएईद्धारा डडेलधुराका विष्टलाई आर्थिक सहयोग

सुदूरपश्चिम सेवा समाज युएईद्धारा डडेलधुराका विष्टलाई आर्थिक सहयोग


सुनिल अधिकारी

सुदूरपश्चिम सेवा समाज युएइ दुबई क्षेत्रीय समितिले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका डडेलधुराका हर्केष बहादुर विष्टलाई आर्थिक सहयोग गरेको छ । 

डडेलधुराका हर्केष बहादुर विष्टको उपचारमा सहज होस भन्नको लागि सुदूरपश्चिम सेवा समाज यु।ए।ई। (दुबई)क्षेत्रीय समिति सदस्य तथा हिन्दु जागरण नेपाल यु।ए।ई। कि सक्रिय संरक्षण सदस्य एवं समाजसेवी  व्यक्ति बसन्ती देवी मडैको पहल तथा अग्रसरतामा बिरामीका  परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। 

डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नं ३ का विष्टको उपचारको लागी शनिवार १ लाख ६३ हजार ५ सय नेपाली रुपैयाँ जम्मा गरेर सुदूरपश्चिम सेवा समाज युएई का सदस्यहरू तथा हिन्दु जागरण नेपालका सदस्यहरूको रोहवरमा उपचाररत विष्ट कि श्रीमती  निरुता विष्टलाई हस्तान्तरण गरिएको हिन्दु जागरण नेपाल युएई कि सक्रिय सदस्य मडैले जानकारी दिइन् । नेपाल प्रहरीमा कार्यरत विष्ट असोज ७ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएर अस्पतालमा उपचाररत हुँदा पनि सरकारी तर्फबाट कुनै किसिमको सहयोग नुहुँदा समाजकी सदस्य मडैले सहयोग रकम सङ्कलन गरेकी थिइन् । ६ महिनादेखि अचेत अवस्थामा रहेका विष्टको काठमाण्डौँको अन्नपूर्ण अस्पतालमा  उपचार भइरहेको छ । उनको उपचारमा धेरै खर्च भइसकेको र अझै उपचार भइरहेकाले आर्थिक सहयोग गरिदिन उनकी श्रीमतीले मिडिया मार्फत अपिल गरिन्।

हिन्दु जागरण नेपाल शाखा  युएई ले विगत देखि अहिले सम्म विभिन्न परोपकारी एवं लोककल्याणकारी कार्यक्रम गर्दै आइरहेको छ।विदेशमा आएर अलपत्र परेका , स्वदेशमा पनि सङ्कटमा परेका नेपालीको घाउमा मलम पट्टि होस भन्नको लागि बेला बखतमा यस्ता सहयोगका कार्यक्रम गरिरहेको कुरा बसन्ती मडै जी ले जानकारी गराए । 

साथै विदेशमा रहेर पनि प्रहरी जवान हर्केष बहादुर विष्ट को घाउमा मलम पट्टि होस भन्नको लागि आफ्नो खाजा खर्च कटाएर सहयोग गर्ने सम्पूर्ण मनकारी सम्पूर्ण व्यक्तित्वहरू प्रति हिन्दु जागरण नेपाल युएई ले धन्यवाद ज्ञापन गरेको छ।यसै गरी भविष्यमा पनि यस्ता किसिमका घटना , दुर्घटना अनि समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्नको लागि आ(आफ्नो ठाउँबाट सक्दो सहयोग सबैले गर्नुपर्ने उनले आग्रह गरे ।