मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका एक युवक भारतमा सम्पर्क विहीन 

अछामका एक युवक भारतमा सम्पर्क विहीन 


अछाम । अछामका एक युवक भारतमा सम्पर्क विहीन भएका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का हाल रोजगारीको सिलसिलामा भारतको हैदरावादमा पाँच महिना देखि काम गर्दै आएका ३१ वर्षीय कलम बहादुर धामी १४/१५ दिन देखि आफन्तको सम्पर्कमा आएका छैनन् ।

कोठा बाट काममा जान्छु भनी हिँडेका धामी १५ दिन भइसक्दा समेत सम्पर्कमा नआएपछि आफन्तले खोजी कार्य जारी राखेका छन् ।

भारतको हैदरावाद र आसपासको क्षेत्रमा भेटाउने व्यक्तिले टंक धामीकाे सम्पर्क नम्बर ९१५७५२७८५२ र दान बहादुर चलाउनेको सम्पर्क नम्बर ७३८६८११०८३ मा सम्पर्क गरिदिन अपिल गरिएको छ । 

३१ वर्षीय धामी सम्पर्कमा नआएपछि घरपरिवार चिन्तित बनेका छन् ।