भारत- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार १ सय ५६ जनाको मृृत्यु भइसकेको छ।
यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३ सय २८ पुगेको छ। कोरोनाबाट संक्रमित भएका ३९ हजार २ सय ३३ जना भने उपचारपछि निको भएका छन्।
प्रतिक्रिया