मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै दिनमा बिश्वभर कोरोनाबाट १ लाख ४० हजार संक्रमित, यस्तो छ २४ घण्टाको तथ्यांक

एकै दिनमा बिश्वभर कोरोनाबाट १ लाख ४० हजार संक्रमित, यस्तो छ २४ घण्टाको तथ्यांक


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट संक्रमित भएका छन् ।

बिहीबार १ लाख ३७ हजार ८ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार १ लाख ३५ हजार ६ सय ३८ जनामा संक्रमित थपिएका थिए । यसरी पछिल्लो तीन दिनमा लागातार थपिएका संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । दुई साता यता विश्वभर संक्रमितको संख्या झनै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरै, पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ६ सय ३ जनाको मृत्यु भएको छ । जसमध्ये ब्राजिलमा ८४३, अमेरिकामा ७९१, मेक्सिकोमा ५८७, भारतमा ३८९, चिलीमा २२२, बेलायतमा २०२, पेरुमा १९९ र रुसमा १८३ जनाको को मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ४ सय ४८ जना संक्रमित थपिएका छन् भने अलिहेसम्म ५ हजार ६२ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट नेपालमा १५ जनाको मृत्यु भएको छ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७६ लाख २९ हजार २ सय बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख २५ हजार ३ सय ३० जनाको मृत्यु भएको नेपाल समयमा खबर छ ।