कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिन २ हजार भन्दा बढीको मृ’त्यु भएको छ।
हिजो मंगलबार त्यहाँ ठूलो संख्यामा मृ’त्यु भएको हो। भारतमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५४ हजार नाघेको छ। त्यसैगरी मृ’तकको संख्या ११ हजार ९०३ पुगेको छ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यहाँ १ लाख १३ हजार ४४५ जना संक्रमित भएकोमा ५ हजार ५३७ को मृ’त्यु भइसकेको छ।
यस्तै विश्वभर मृ’त्यु हुनेको संख्या चार लाख ४५ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ’त्यु हुनेको संख्या चार लाख ४५ हजार ९ सय ८६ पुगेको छ।
यस्तै ८२ लाख ५७ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४३ लाख ६ हजार ७ सय ४८ जना निको भइसकेका छन्।
प्रतिक्रिया