मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लद्दाखमा भारत र चीनबीच भि’ड’न्त, २० भार’तीय सै’निक मा’रि’ए

लद्दाखमा भारत र चीनबीच भि’ड’न्त, २० भार’तीय सै’निक मा’रि’ए


एजेन्सी। भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भि’ड’न्तमा २० भारतीय सै’निक मा’रिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्ष’ति हुने गरी यस्तो भि’डन्त भएको हो ।

सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भि’ड’न्तमा आफ्ना एक कमाण्डरसहित २० जना मा’रि’एको भारतीय सेनाले जानकारी दिएको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भएको भि’ड’न्तमा चीनतर्फ कति क्ष’ति भयो भन्ने चीनले केही खुलाएको छैन । भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झ’डप भएको हो । चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा अनधिकृत प्रवेश गर्दा भि’ड’न्त भएको जनाएको छ ।

भारतीय सेनाले मंगलबार अबेर राति वक्तव्य जारी गरेर भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । जुन १५–१६ को राति सोमबार राति सो स्थानमा दुई देशका सैनिकबीच भि’ड’न्त भएको थियो । भि’ड’न्तको क्रममा १७ भारतीय सैनिक ग’म्भीर घा’इते भएका छन् । शून्य डिग्री भन्दा तलको तापक्रम र अति अग्लो सो स्थानमा ग’म्भीर घा’इते भएका ती १७ सैनि’कको मृ’त्यु भयो । सो स्थानमा कुल २० भारतीय सैनि’कको नि’धन भएको हो । भारतीय सेना देशको अखण्डता र सम्प्रभूता रक्षाका लागि प्रतिवद्ध छ ।’

यसअघि भारतीय से’नाले सो भि’डन्तमा आफ्ना एक सै’न्य अधिकारी र दुई ज’वान मा’रिएको जनाएको थियो । समस्या समाधानका लागि दुई पक्षका उच्च सै’निक अधिकारीबीच वार्ता भएको पनि बताएको थियो ।

लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भिडन्त भएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार सैन्य प्रमुखहरुसँग समीक्षा बैठक गरेका छन् । बैठकमा विदेश मन्त्री एस जयशंकर पनि संलग्न थिए ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पिपुल्स लिबरेशन आर्मी का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चाङ्ग शुइलीले भारतलाई आफ्ना सैनिकलाई रोकोस् र वार्ता मार्फत समस्या समाधानको मार्गमा आओस् भन्ने उल्लेख गरेका छन् । भारतीय सैनिकले आफ्नो वचन उ’ल्लंघन गरेको उनको आ’रोप छ ।

भारतीय सैनि’कले एलएसी पार गरेर चिनियाँ सैनि’कलाई उक्साएको र पहिले आ’क्र’मण थालेको उनले दाबी गरेका छन् । उनले भारतले आफ्ना सैनि’कलाई रोक्न र वार्ता मार्फत समस्याको समाधान खोज्न भनेका छन् ।

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका से’नाबीच त’नाव हुँदै आएको छ । कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा वि’वादलाई लिएर भएको भि’ड’न्तमा पहिलोपटक मानवीय क्ष’ति भएको हो ।

यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको ए’म्बुस आ’क्र’मणमा भारतीय सैनि’क मा’रिएका थिए । यस्तै दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पेट्रोलिङ्गमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथुला क्षेत्रमा दुई देशका सेना’बीच भि’डन्त भएको थियो ।