काठमाडौं । पूर्वी लद्दाखको गालवान भ्यालीमा भएको हिं’सा’त्मक झ’ड’पका कारण भारत-चीनबीच त’नाव बढिरहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन संवाद गरेका छन् ।
सोमबार राति भएको झड’पमा २० भारतीय से’नाको मृ’त्यु भएको ४५ वर्षपछिकै भारत-चीनबीचको ठूलो हिं’सा’त्मक घ’टना हो । यस घटनामा चीनतर्फका ४३ सै’निक ह’ताहत भएको भारतीय पक्षले दाबी गरिरहेका छन् भने चीनले आफ्ना पक्षका से’ना हता’हतको विषयमा केही खुलाएको छैन ।
टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सै’निक सी’मा नाँघेर चीनतर्फ आई भि’ड’न्तका लागि उक्साएको दाबी गर्दै ती सै’निकलाई कार’बाही गर्न माग गरेका थिए । विवादलाई न्यायोचित रुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष सहमत भएको भारतीय समाार एजेन्सी एएनआईले जनाएको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार भएको तनावमा सही र गलत स्पष्ट देखिने भन्दै भारतीय सै’निकले बोर्डर पोर्टोकल र दुवै मुलुकको कमा’न्डर स्तरको संवादमा भएको सहमतिको समेत उल्लं’घन गरेको बताएका थिए ।
उनले दुवै पक्षले सो समस्या संवाद र वार्ता मार्फत् नै टुंगाउने बताउँदै चीनले त्यहाँ भि’ड’न्त बढाउन नचाहेको उल्लेख गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मंगलबार चिनियाँ से’नाले सोमबार राति ‘यथास्थिति’ परिवर्तन गर्दा उक्त घ’टना भएको र दुबैतर्फ मानवीय क्ष’ति भएको बताएका थिए । – एएनआई
प्रतिक्रिया