काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५३ हजार ८६६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ९२५ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६९ हजार ६५२ संक्रमित थपिएका छन् ।
सोही अवधीमा ९७७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।
प्रतिक्रिया