काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार ८९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बिहीबार भारतमा एकैदिन ६९ हजार ६५२ संक्रमित थपिएका थिए । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक थियो ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५४ हजार ८४९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ५ हजार ८२३ पुगेको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा भारतमा ९८३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।
प्रतिक्रिया