मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १ लाख नाघ्यो

भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १ लाख नाघ्यो

सुदूर आज

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्या’न गइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६९ कोरोना संक्रमितको मृ’त्यु भएको तथ्यांक छ ।  

पछिल्लो २४ घण्टामा ७९ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।