मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७४ लाख

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७४ लाख

सुदूर आज

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७४ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४०३ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु भइसकेको छ ।