मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय से’ना’ध्यक्ष कात्तिकमा नेपालमा आउँदै

भारतीय से’ना’ध्यक्ष कात्तिकमा नेपालमा आउँदै

सुदूर आज

काठमाण्डौ – भारतीय स्थल से’ना’ध्यक्ष जनरल मनोज मुकुन्द नरावणे आउँदाे कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । 

दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदाे कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएकाे माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।