मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा एकैदिन सर्वाधिक एक लाख बढी संक्रमित

अमेरिकामा एकैदिन सर्वाधिक एक लाख बढी संक्रमित

सुदूर आज

काठमाडौं – अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ३० लाख ६२ हजार ६७ जनामध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३५ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ९८५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार १५६ पुगेको छ ।