मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिष्टको उपचारका लागि कोरियाबाट एक लाख बढी आर्थिक सहयोग

बिष्टको उपचारका लागि कोरियाबाट एक लाख बढी आर्थिक सहयोग

सुदूर आज

अछाम : दुबै मृगौला फेल भएर भारतमा उपचारार्थ रहेका अछामको धमालीका बिरेन्द्र बिष्टको उपचारका लागि आर्थिक सहयोग संकलन गरिएको छ ।

अछाम घर भई हाल कोरियामा रहेका जनक बिष्टको नेतृत्वमा जिल्ला तुर्माखाँद गाउँपालिका धमाली ८ का समाजसेवी, बुद्धिजीवी तथा बिद्यार्थी बिरेन्द्र बिष्टको उपचारका लागि कोरोयाबाट आर्थिक संकल गरिएको हो ।

आर्थिक संकलन गर्ने अभियानमा बिष्ट संगै नेपाल घर भई हाल कोरियामा रहेका एकिन्द्र खड्का, मदन ढकाल, नवराज चलाउने, बिराज खड्का, गौरी बिष्ट खड्काले समेत भुमिका निर्वाह गरेका थिए ।

उनको उपचारको लागि नेपाली १ लाख ३४ हजार ८ सय २८ रुपयाँ संकलन गरी बिष्टको खातामा भारतमा पाउने गरि पठाएको कोरियाबाट एकेन्द्र खड्काले बताए ।

काठमाण्डौमा अध्ययनको शिलशिलामा रहेका बिष्टको वीर हस्पिटल बाट दुबै मिर्गौला फेल भएको रिपोर्ट आएपछि उनि अहिले भारतको हैदराबाद निम्स अस्पतालमा डायलाइसिस गराईरहेका छन् ।

जीवन र मरणको दोसाँधमा रहेका बिष्टको मृर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्या भएको हुँदा सक्दो सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।