मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार नाघ्यो

सुदूर आज

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ५९ संक्रमित थपिएका छन् । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

पछिल्लो २४ घण्टामा भारतमा ५११ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७३८ पुगेको छ ।