मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो

सुदूर आज

४ कराेड ५० लाखभन्दा धेरै निकाे

काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाखभन्दा धेरैको ज्यान गएको वर्ल्डाेमिटरले जनाएको छ । 

अहिलेसम्म विश्वका ६ करोड ४९ लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये चार करोड ५० लाखभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक करोड ४३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ७९ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । 

प्रभावितको दोस्रो नम्बरमा रहेको भारतमा ९५ लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३८ हजार ६ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । विश्वका १३ वटा देशमा १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुपमा रहेको छ । पछिल्ला दिनमा धेरै देशहरुमा महामारीको दोस्रो लहर चलिरहेकोले अहिले नयाँ सङ्क्रमित थपिने तथा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । 

यसैबीच काेराेना भाइरसविरुद्ध बनिरहेकाे खाेपले पाएकाे सफलताले भने आशा बढ्दै गएकाे छ । बुधबार मात्रै फाइजर कम्पनीले बनाएकाे काेराेना खाेपलाई बेलायतले प्रयाेगका लागि अनुमति दिएकाे छ ।