मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रमामा झन्डा गाड्ने दोस्रो सफल देश बन्यो चीन

चन्द्रमामा झन्डा गाड्ने दोस्रो सफल देश बन्यो चीन


बीबीसी । अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाढेको छ । चीनको ‘नेस्नल स्पेस’ विभागले सार्वजानिक गरेको तस्बिरमा चन्द्रमाको सतहमा चिनियाँ झन्डा स्थिर भएर अडिएको देख्न सकिन्छ । 

यसको तस्बिर बिहीबार चीनको चाङ इ–५ यानले खिचेको थियो, जुन अहिले चन्द्रमाको ढुङ्गाको स्याम्पलसहित पृथ्वी फर्कदैछ । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएको थियो तर, तिनीहरु सतहमा अडिन सकेका थिएनन् । 

१९६९ को अपोलो ११ मिसनमा अमेरिका, चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो । त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो । २०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो । तर, विज्ञहरुका अनुसार सूर्यको सिधा किरणका कारण तिनीहरु समयसँगै खुइलिँदै जानेछन् । 

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ । सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको यस परियोजनाका प्रमुख लि युनफेङले ग्लोबल टाइम्सलाई बताए । प्रोजेक्ट डेभेलपर छेङछाङका अनुसार पृथ्वीमा प्रयोग गरिने साधारण किसिमको झन्डा चन्द्रमाको वातावरणमा रहन सक्दैन । सात वर्षमा चाङ इ–५ मिसन चीनको तेस्रो सफल चन्द्रमा अवतरण हो ।