मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी संसदले बाइडेनकाे जित प्रमाणित गर्‍याे

अमेरिकी संसदले बाइडेनकाे जित प्रमाणित गर्‍याे

सुदूर आज

काठमाण्डाै – अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।  

संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् ।

यसअघि ट्रम्प समर्थकको प्रदर्शनका कारण संसद्को संयुक्त बैठक केही बेर रोकिएको थियो । यस प्रदर्शनका क्रममा अहिलेसम्म चार जनाकाे ज्यान गएकाे छ भने १० जनाभन्दा धेरै घाइते भएका छन् ।  

जर्जियामा डेमोक्रेटिक उम्मेदवारहरूकाे जितसँगै अमेरिकी सिनेटमा डेमोक्रेट्स और रिपब्लिकन्सकाे सङ्ख्या समान भएकाे छ । सिनेटमा १ सय सदस्य हुन्छन्, अब दुवै पार्टीका सदस्यकाे सङ्ख्या ५०–५० भएकाे छ । यसअघि अमेरिकी सिनेटमा रिपब्लिकन्सकाे बहुमत थियाे ।

यसअघि अमेरिकी सिनेटकाे एक समूहले जबसम्म मतदानमा कथित धाँधली भएकाे बारेमा जाँच गर्न एक आयाेग गठन हुँदैन तबसम्म जाे बाइडेनकाे जित प्रमाणित गर्न नमान्ने बताएका थिए । 

यसअघि अमेरिकाका सबै ५० राज्यका इलेक्टाेरल कलेजले जाे बाइडेनले ३ सय ६ मत प्राप्त गरेकाे पुष्टि गरेकाे थियाे । अमेरिकी चुनावमा जितका लागि इलेक्टाेरल कलेजकाे २ सय ७० मत आवश्यक हुन्छ ।