मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा समाजसेवी खड्काको पहलमा नसारोगी भण्डारीलाई ८० हजार सहयोग

युवा समाजसेवी खड्काको पहलमा नसारोगी भण्डारीलाई ८० हजार सहयोग


अछाम । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ जनालीबण्डाली घर भै हाल दक्षिण कोरियामा रहेका युवा समाजसेवी एकिन्द्र ब थ्यायत (खड्का) को पहल सोही नगरपालिका वडा नं. ६ तेसिङेका देबेन्द्र भण्डारीलाई आर्थिक सहयोग गरिएको छ ।

लाामो समय देखि नसा सम्बन्धि रोगबाट ग्रसित भै भारतमा उपचार गराईरहेका १८ बर्षिय भण्डारिको आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोग रकम जुटाईएको खड्काले बताए ।

भण्डारीका अंकल हरि प्रसाद भण्डारीले आर्थिक अवस्था कम्जोर भएको भन्दै आफुलाई खबर गरेपछि खड्काको संयोजकत्वमा रुप राज ढुङ्गाना, लोकराज ढुङ्गाना, चन्द्रदेव भण्डारी, गंगाराम जैशि र जनक बिष्टको समिति बनाई आफ्नो तर्फबाट ५०/५० वोन सहयोग गरेका थिए ।


साथै उनिहरुले अरु कोरियामा का मगर्ने साथिभाईहरुबाट रकम संकलन गरी ८० हजार रुपयाँ देबेन्द्रका दाजु मोहन भन्डारीको राष्टृय बाणिज्य बैंक खाता नम्बर ४४५०००५९७०१० मा जम्मा गरेका छन् ।

आर्थिक संकलन अभियानमा सहयोग गर्ने मनकारी सहयोगीहरुलाई धन्यवाद दिदै भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना पनि उनिहरुले गरेका छन् । सुदूरपश्चिम समाज कोरियाका उपाध्यक्ष खड्काको पहलमा विभिन्न समयमा यस्तै परोपकारी काम गरिरहेका छन् ।