मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्‌कालीन स्वीकृति प्रदान

कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्‌कालीन स्वीकृति प्रदान


बीबीसी । भारतले कोभिड–१९ का लक्षणको उपचार गर्ने नयाँ स्थानीय औषधिबारे घोषणा गरेको छ । आधिकारिक निकायले २–डीजी नामक सो औषधि आपत्कालीन प्रयोगका लागि स्वीकृत गरेको हो र अब त्यसलाई दिल्लीभरका अस्पतालहरुमा प्रयोग गरिने बताइएको छ । 

सरकारको बयान अनुसार यसले कोभिड–१९ का बिरामीहरुलाई उल्लेखनीय लाभ पुर्याउनेछ । तर अर्कोतर्फ केही आलोचकहरुले चाहिँ कोभिडको उपचारमा यो औषधिलाई आपत्कालीन स्वीकृति दिन पर्याप्त डाटा नभएको चेतावनी पनि दिइरहेका छन् । 

यो औषधि फर्मा कम्पनी डाक्टर रेड्डीजसँगको सहकार्यमा ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ)’ ले निर्माण गरेको हो । सरकारले यसबारे घोषणा गर्दै, क्लिनिकल ट्रायलको नतिजामा यो तत्वले अस्पताल भर्ना भएका कोभिडका बिरामीलाई छिटो निको पार्न अनि अक्सिजनप्रतिको निर्भरता कम गर्नमा मद्दत पुर्याउने देखिएको बताएको छ । 

तर स्वास्थ्यविद्हरुले यस सम्बन्धी प्रकाशित डाटामा मान्छेको ट्रायलमा यसको प्रस्तुतिताबारे पर्याप्त जानकारी नभएकाले यसको प्रभावकारीता प्रति प्रश्न उठाइरहेका छन् । यसका साथै उनीहरुले ‘२–डिओक्सी–डी–ग्लुकोज’, डी२ पहिले क्यान्सरको उपचारका लागि निर्माण तथा परीक्षण गरिएको र लामो समयदेखि प्रयोग हुँदै आए पनि स्वीकृत नभएको पनि ठहर गरिरहेका छन् । 

हालसम्म कोभिड–१९ लाई ठीक गर्ने कुनै उपचार छैन र यसका लक्षणहरुलाई कम गराउने औषधिको पनि भारतमा ठूलो अभाव रहेको छ जो दोस्रो लहरको भयावह संक्रमणको सामना गरिरहेको छ । २ लाख ७० हजार बढी कोभिड मृत्यु पश्चात् भारत यतिबेला कोभिड एपिसेन्टर बनेको छ । 

यसमा देशभर जारी खोप अभियानको कार्यक्रम पनि राम्ररी अगाडि बढ्न नसक्दा संकट झन अनियन्त्रित बन्न पुगेको हो । 

त्यसैले सरकारले यो नयाँ औषधिलाई वैकल्पिक थेरापीका रुपमा मध्यम देखि गम्भीर बिरामी परेका मानिसहरुमा प्रयोग गर्न सकिने बताएको छ । 

यसका साथै यो देशभर सर्वत्र उपलब्ध रहेको र सजिलै उत्पादन गर्न पनि सकिने हुँदा बिस्तारै यसको प्रयोग बढाइ हालको कोभिड आपतकाल खुकुलो पार्न सकिने पनि बताएको छ । 

सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ठूलो सङ्ख्यामा बिरामीहरुमा अहिले अक्सिजनप्रतिको निर्भरता र अस्पताल भर्ना हुनेपर्ने अवस्था बढेको छ । त्यसैले यो औषधिले धेरै अमूल्य जीवन जोगाउन सक्ने अपेक्षा रहेको छ । साथै यसले कोभिड बिरामी अस्पताल भर्ना हुनुपर्ने क्रमलाई पनि न्युनीकरण गर्न सक्नेछ । ”