काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन्। २५ अप्रिलपछि दैनिक ३ लाखभन्दा कम संक्रमित थपिएको यो पहिलो पटक हो।
मृतकको संख्यामा भने पछिल्लो २४ घण्टामा रेकर्ड कायम भएको छ। एकै दिनमा त्यहाँ ४ हजार ३२९ जनाको संक्रमितको मृत्यु भएको छ।
अहिलेसम्म भारतमा २ करोड ५२ लाख २८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। यीमध्ये २ लाख ७८ हजार ७१९ जनाको मृत्यु भइसकेको छ। अहिले पनि त्यहाँ ३३ लाख ५३ हजार ७६५ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया