काठमाडौं । नेपाललाई भारत सरकारले १५० थान आईसीयू शय्या सहयोग गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री कार्कीले ती शय्या अस्पतालहरुको आवश्यकता हेरी तुरून्त वितरण सुरु गरिने बताए ।
प्रतिक्रिया