काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा ब’म आ’क्र’मण हुँदा ४७ जनाको मृ’त्यु भएको छ भने ७० जना घा’इते भएका छन् ।
शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा ब’म आ’क्र’मण भएको थियो । अलजजिराका अनुसार वि’ष्फो’टमा ४७ जनाको मृ’त्यु भएको पुष्टि भएको छ ।
तीन जना आ’क्र’म’णकारीले आ’त्मघा’ती ब’म आ’क्र’मण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आ’क्र’म’णकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र वि’ष्फो’ट गराएका थिए ।
शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घट’नास्थलको तस्वीरमा मस्जिदका झ्यालका सि’साहरु फु’टेका र श’वहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घ’ट’नास्थल घे’रामा राखेको छ र घा’इतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।
यो आ’क्र’मणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।
कान्दहारमा भएको यो आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।
कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यो शहरलाई तालिबानको आध्यात्मिक उदगमस्थल पनि मानिन्छ ।
प्रतिक्रिया