अछाम- जिल्लाको पुर्बी अछामका ४ वटा स्थानीय तहहरुले कोरोना भाइरस परिक्षणका लागि जिल्लामै पिसीआर मेसिन राख्ने गरि निर्णय गरेका छन्। ४ तहका प्रमुखहरूको कमलबजारमा सम्पन्न बैठकले कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन खरिद गर्ने र यसको लागि गर्नुपर्ने आवश्यक पहलहरू अगाडि बढाउने निर्णय गरेका हुन्। कमलबजार नगरपालिका, पंञ्चदेवल बिनायक नगरपालिका, ढकारी…