मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूर आजकर्मी रावललाई पितृ शोक

सुदूर आजकर्मी रावललाई पितृ शोक


अछाम।

अछाम जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका संचारकर्मी यस सुदूर आज अनलाइन पत्रिकाका सह सम्पादक तथा रेडियो रामारोशनका सहायक स्टेशन प्रमुख कमल रावललाई पितृ शोक परेको छ ।

प्रेश संगठन अछामको सचिवालय सदस्य एबम सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) अछामका संयोजक समेत रहेका रावललाई पितृ शोक परेको हो।

बिगत केही समय देखि क्यान्सर रोगले ग्रषित संचालरकर्मी रावलका बुवा हर्क बहादुर रावलको ६३ बर्षको उमेरमा मंगलसेन नगरपालिका वडा न ९ ओलीगाउमा शुक्रबार निधन भएको हो ।

यस दुख:द खडीमा मृ’त आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनेर सुदूर आज परिवार हार्दिक समबेदना प्रकट गर्दछ।

स्वर्गीय रावलको आजै कैलाश खोलामा अन्तेष्टि गरिने बताएको छ।