मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखको क्वारेन्टाइनमा रहेका नागरिक बिकास निर्माणमा जुटे, क्वारेन्टाइनमा रहेका २४ जनालाई घर पठाईयो

मेल्लेखको क्वारेन्टाइनमा रहेका नागरिक बिकास निर्माणमा जुटे, क्वारेन्टाइनमा रहेका २४ जनालाई घर पठाईयो

सुदूर आज

अछाम ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा न ५ बिन्धेबासनिमा बिद्यालयको क्वारेन्टाइनमा राखेका २४ जनालाई घर पठाईएको छ । ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरि उनिहरुलाई घर पठाएको गाँउपालिकाले जनाएको छ ।

बाहिर मुलुक भारत बाट आएका हरुलाई १४ दिन बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उनिहरको आरडिटि परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो । घरको एकान्त बास बस्ने गरी पठाईएको वडा अध्यक्ष रमेश खडकाले बताए । मेल्लेख गाउपालिकाका वडाहरुमा आर डि टि परिक्षणको दायरा बढाएईएको छ । भारतबाट आउनेको संख्या दिन प्रतिदिन बढिरहेकाले वडा बासिहरुले अझै सजक रहन वडा अध्यक्ष खडकाले आग्रह गरे ।

यस्तै मेल्लेख गाउपालिका वडा न ४ कुस्कोटको क्वारेन्टाइनमा रहेकाहरु श्रमदान बिकाश निर्माण कार्यमा लागेका छन । कुस्कोटको जनकल्याण आधरभुत बिद्यालयमा भत्केको घेरापर्खाल निर्माण कार्यमा सहयोग गरिरहेका छन् ।

बिद्यालयका प्रधानाध्यापक मोहोन नाइका अनुसार क्वारेन्टाइनमा रहेका डम्बर साउद र रंग साउदको नेतृत्वमा घेरा पर्खाल निर्माण भईरहेको बताए ।

यस्तै सरस्वती निम्न माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा रहेका १२ जनाको समुहले कुष्कोट राँफाको बिद्यालय जोडने सडक मर्मत गरेका छन् । जसले गर्दा क्वारेन्टाइनमा रहेकाहरुलाई गडि मार्फत खाद्यान्न सो बिद्यालयमा पु¥याउनमा सहयोग भएको वडा सदस्य नैनसिंह सार्कीले जानकारी दिए ।