मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वोगटानफुड्सील काङ्ग्रेसले गर्यो क्वारेन्टाइनमा सरसफाइका समाग्री वितरण

वोगटानफुड्सील काङ्ग्रेसले गर्यो क्वारेन्टाइनमा सरसफाइका समाग्री वितरण


डोटी – नेपाली काङग्रेस वोगटान फुड्सील गाउपालीकाले क्वारेन्टाइनमा रहेका मानीसहरुलाइ सरसफाइका सामाग्रीहरु वितरण गरेको छ । गाउपालीकाका पाच वटा वडामा रहेका क्वारेन्टाइनमा पुगी उक्त सामानहरु वितरण गरिएको हो ।

पालीका अन्र्तगत विभिन्न वडाहरुमा रहेका ३१ वटा क्वारेन्टाइनका ४५० जना लाइ सामाग्री वितरण गरिएको नेपाली काङग्रेस वोगटान फुड्सील गाउपालीकाका संयोजक शेर वहादुर वमले जानकारी दिए ।

जस अन्र्तगत सवै वडामा सावुन, कोल्गेट, व्रस, चाउचाउ, वाल्टी, त्रीपाल र कम्वल स्थानीय जनप्रतीनिधीको रोहवरमा वितरण गएको नेपाली काङग्रेस जिल्ला कार्यसमीति सदश्य नरेश खड्काले वताए । वाकी रहेका दुइ वटा वडा चमाराचौतारा र गगुडामा केहि दिनमा सामान वितरण गर्ने खड्काले वतायका छन् ।

यो सामान वितरण पछी थप राहातका कार्यक्रमहरु सञ्चालन गर्ने दलित संघ डोटीका अध्यक्ष लाल वहादुर विकले वताए ।

समान वितरण कार्यक्रममा नेपाली काङग्रेसका महासमिती सदश्य डिल वहादुर वम, नेपाल दलीत संघ डोटीका अध्यक्ष तथा महादीवेशन प्रतीनिधी लाल वहादुर विक, जिल्ला कार्यसमिती सदश्य खडक वहादुर वोहरा, नरेश खड्का, गाउपालीका संयोजक शेर वहादुर वम र नेपाली प्रेस युनियन डोटीका उपाध्यक्ष चक्र कुँवर लगायत स्थानीय नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।