अछामः सुदूरपश्चिम प्रदेशभित्र कुल ३९ वटा क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ। तीमध्ये १३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि सम्वन्धित जिल्ला प्रशासन कार्यालयले बन्द गर्न क्रसर सञ्चालकलाई पत्राचार गरेका हुन्। एक साताको अवधिमा सुदूरपश्चिमका ५ जिल्लामा १३ क्रसर उद्योग बन्द गरिएको छ। गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न सबै जिल्ला प्रशासनलाई…