मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनायकका सबै वडामा बर्थिगं सेन्टर निर्माण, प्रसुती सेवामा सहजता हुने बिश्वास

बिनायकका सबै वडामा बर्थिगं सेन्टर निर्माण, प्रसुती सेवामा सहजता हुने बिश्वास


अछाम ः जिल्लाको पञ्चदेवल नगरपालिका वडा नं। ३ मा बर्थिगं सेन्टर निर्माण भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा बर्थिगं सेन्टरको भवन निर्माण कार्य सम्पन्न भएको हो ।

नगरका सबै वडामा बर्थिगं सेन्टर निर्माण गर्ने नगरपालिकाको कार्ययोजना अनुसार सो काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

बिहिबार एक कार्यक्रमका बिच बर्थिगं सेन्टरो हस्तान्त्ररण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख चलाउनेको बिशेष उपस्थितीमा बर्थिगं सेन्टर भवन निर्माण पक्षले व्यावस्थापन पक्षलाई हस्तान्त्ररण गरेको थियो ।

निकट समयमा थप बर्थिगं सेन्टरमा थप संरचना निर्माण गरी आवश्यक स्वास्थ्य सामाग्रीको ब्यवस्थापन तथा जनशक्ति तयार गरेर प्रसुती सेवा सुचारु गरिने बताईएको छ ।

सबै वडाका महिलाहरुलाई गर्भवती तथा सुत्केरी हुदाँ सहजता होस् र अकालमै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले बर्थिगं सेन्टर निर्माण गरिएको नगर प्रमुख अम्बिका चलाउनले बताईन् ।

यो संगै बिनायकका सबै वडामा बर्थिगं सेन्टर निर्माण भएका छन् । नगरले स्वास्थ्य शिक्षा, यातायात, स्वरोजगार लगायतका कामलाई मुख्य प्राथमिक्तामा राखेर काम गरिरहेको उनले बताईन् ।