मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकै स्वास्थ्य प्रणाली सुधारका लागि मेरो उम्मेद्धारी : डा. गौचन

देशकै स्वास्थ्य प्रणाली सुधारका लागि मेरो उम्मेद्धारी : डा. गौचन


प्रत्येक नेपाली नागरिकलाई निशुल्क र गुणस्तरिय सेवा दिन अब्बल र खुशी चिकित्सक बनाउन नेपाल चिकित्सक संघले कार्य गर्न आवश्यक छ : चिकित्सक संघ नेपालको केन्द्रीय उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक) उम्मेद्धार डा. गौचन

गण्डकी : १ दशक बढी नेपालको विकट क्षेत्र (अछाम तथा बाजुरा लगायत) को स्वास्थ्य प्रणाली सुधार संगै जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवा दिएका डा. विकास गौचन चिकित्सक संघ नेपालको केन्द्रीय उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक) तर्फबाट उम्मेद्धारका रुपमा अघि सरेका छन् ।

सुदूरपश्चिमको पिछिडिएको जिल्ला अछामको बयालपाटा अस्पतालमा १ दशक भन्दा बढी त्यस क्षेत्रका जनतालाई स्वास्थ्य दिएका डा. गौचनले नेपालको स्वास्थ्य प्रणाली नै सुधार गर्नका लागि चिकित्सक संघमा उम्मेद्धार भएका बताएका छन् ।

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक रहेका डा. गौचनले चिकित्सक संघ नेपालमा आवद्ध भएर स्वास्थ्य प्रणाली सुधार संगै निति, नियम, कानुन र कार्यबिधि बनाउनमा प्रत्यक्ष सहभागी भएर काम गर्ने उद्घोष सहित यसपटक उम्मेद्धार भएको उनले बताएका छन् ।

देशको समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सक संघ मार्फत नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहहरुसंग काम गरेर हरेक नागरिकलाई निशुल्क र गुणस्तिरिय स्वास्थ्य सेवा पाउने कुराको सुनिश्चतता गर्न पहल गर्ने उनले बताएका छन् । यसको लागि सबै चिकित्सकलाई अब्बल र खुशी बनाउने वातावरण अत्याबश्यक रहेको डा. गौचन बताऊछन् |

जनताले अझैपनि सर्भसुलब तरिकाले स्वास्थ्य सेवा पाउन नसकेको र उपचार नपाई अकालमै ज्यान गुमाउनु परेको तितो अनुभबलाई हेर्दै आफु त्यसका लागि चिकित्सक संघ मार्फत प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता सहित चुनावी प्रतिष्पर्धामा गएको भन्दै उनले देशभरका चिकित्सक साथिहरुको माया र मत दुबै पाउने बिश्वास लिएका छन् ।

आफु चुनाव मात्रै लड्न नलागेको भन्दै डा. गौचनले समग्र स्वास्थ्य प्रणालीको सुधारका लागि प्रतिष्पर्धा गरिरहेकाले यसपटक सबै साथिहरुले आफुलाई काम गर्ने अवसर दिन अपिल गरेका छन् । दुर्गम क्षेत्रमा काम गरेर अनुभव बटुलेका डा. गौचनले देशका सबै क्षेत्रको स्वास्थ्य अवस्थाका बारेमा ज्ञान हासिल गरेका छन् ।

आफ्नो कार्य अवधिमा गाँउ या शहर जता गएपनि उत्कृष्ट काम गरेका कारण डा. गौचनले बिभिन्न सम्मान तथा पुरुस्कार समेत प्राप्त गर्दै आईरहेका छन् । स्वास्थ्य प्रणाली सुधारसंगै डिजिटल स्वास्थ्य प्रणालीमा समेत उनले जोड दिदै आईरहेका छन् ।

लामो अनुभव संगै पूर्व देखि पश्चिम सम्म राम्रो पकड बनाएका डा. गौचनले चिकित्सक संघ नेपालमा गण्डकी प्रदेशको उपाध्यक्ष पदमा विजयी हासिल गरे चिकित्सक संघको काम कारबाही संगै संघलाई चलायमान बनाउन सक्ने धेरै चिकित्सकहरुको बुझाई छ ।

“चिकित्सक संघको केन्द्रीय उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक) मा बिजयी भएमा नेपालका चिकित्सकहरुको पेशागत विकासमा कार्य गर्ने डा. विकासले ब्यक्त गरेका छन् | साथै चिकित्सकहरुको हक हितको लागि कार्य गर्ने उनले बताए | डा. गौचनले  नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि नेपाल चिकित्सक संघले धेरै भन्दा धेरै चिकित्सकहरुलाई संघमा आबद्ध गर्ने र नेपाल चिकित्सक संघले नेपालमा चिकित्सकहरुले उत्कृस्ट कार्य गर्ने बाताबरण निर्माणमा ध्यान दिनु पर्ने समेत उल्लेख गरेका छन् |”

डा. विकास गौचनले वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एम. वि. वि. एस. र एम. डी. गरि अमेरिकाको क्यालिफोर्निया बिश्वबिध्यालय सन् फ्रान्सिस्कोबाट ग्लोबल हेल्थ ईकुइटिमा फेलोशिप र लिभरपुल बिश्वबिद्यालयबाट जनस्वास्थ्यमा (स्वास्थ्य प्रणाली) मा स्नातकोत्तर गरेका छन् |

डा. गौचनले निर्वाचित भएमा तपशिलमा रहेको एजेण्डामा कार्य गर्ने उल्लेख गरेका छन् :

  • “प्रत्यक नेपाली चिकित्सक एक पटक सरकारी चिकित्सक हुने व्यवस्था र अस्पतालमा चिकित्सक अति कम हुने वर्तमान व्यवस्थाको अन्त्य”
  • “प्रत्यक नेपाली चिकित्सक मेडिकल कलेजमा फ्याकल्टी हुने व्यवस्था लागू गर्ने”
  • “नेपाल चिकित्सक संघको संगठनात्मक सुधार” : नेपालमा रहेका ३५, ००० भन्दा बढी चिकित्सक मध्ये जम्मा १२, ८३५ जना मात्र नेपाल चिकित्सक संघमा आबद्ध छन् | आगामी ३ वर्षमा २०, ००० भन्दा बढी चिकित्सकलाई ने. चि.सं. मा आबद्ध गर्ने |
  • नेपाल चिकित्सक संघका सम्पूर्ण चिकित्सकहरुलाई समान CPD (Continuing Professional Development) र CME (Continuing Medical Education) को अवसर प्रदान गर्ने |  
  • “चिकित्सकको सेवा शुल्क परिमार्जन गर्ने”: नेपालमा चिकित्सकले लिने सेवा शुल्क बैज्ञानिक रुपमा परिमार्जन गर्न जरुरि छ |
  • नेपाली चिकित्सकहरुको तहगत न्युनतम पारिश्रमिक निर्धारण: मेडिकल अधिकृत र बिशेषज्ञ चिकित्सकहरुको अनुभवको आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरि नेपाल सरकारलाई सिफारिस गर्ने |
  • डा. सन्तोष पौडेलको सम्पूर्ण एजेन्डामा पूर्ण सहयोग गर्ने |