मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा स्वास्थ्य क्षेत्रको तथ्यांक सुद्धीकरण तथा रिपार्टिगं सुधारको अभियान थालनी

अछाममा स्वास्थ्य क्षेत्रको तथ्यांक सुद्धीकरण तथा रिपार्टिगं सुधारको अभियान थालनी


अछाम । स्वास्थ्य कार्यालय अछामले तथ्यांक सुद्धीकरणको अभियान थालनी गरेको छ । अछाम जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका संगै हरेक पालिकाको तथ्यांक सुद्धीकरणका लागि स्वास्थ्य कार्यालयले यो कार्यलाई अभियानकै रुपमा अघि बढाउने भएको हो ।

तथ्यांक संगै रिपोर्टगंमा समेत सुधारका लागि जिल्लाका दशै पालिकामा गएर त्यस क्षेत्रका समस्याका बिषयमा छलफल गरी समाधान खोजेर प्रभावकारी रिपोर्टंग तथा तथ्यांक बनाउन उद्देश्यले यो अभियानलाई अघि बढाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

तथ्यांक, रिर्पोटिंग लगायतका स्वास्थ्यका बिषयमा यसअघि पनि यसप्रकारको कार्य भएपनि यसपटक यसलाई जिल्लाभर नै अभियानकै रुपमा अघि बढाउन खोजिएको उनले बताए । यस बर्ष सकभर सबै पालिकामा यो कार्य गर्ने लक्ष्य भएपनि पहिलो चरणमा ३ पालिकामा मात्रै सम्भव हुन सक्ने उनले बताए । अधिकृत ढुंगानाका अनुसार त्यसपछि क्रमश अरु पालिकामा समेत यो कार्यलाई अघि बढाईनेछ ।

जसले गर्दा आगमी दिनमा स्वास्थ्यका सबै सुचकहरुमा काम र सेवा अनुसारको रिपोर्टिगं भएको देखिनेछ भने सो क्षेत्रमा कार्यरत कर्मचारीहरु समेत सक्षम हुने बिश्वास लिईएको छ । अधिकृत ढुंगानाको नेतृत्वमा एक टोली खटेर पालिकाका हरेक स्वास्थ्य संस्थाको तथ्यांक तथा रिपोर्टगं सुधारका लागि अग्रसर भएको छ ।

यसको सुरुवात जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाबाट सुरु भएको छ । सो पालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको समेत संलग्नतामा पालिकाबाट हुने रिपोर्टगं र तथ्यांकलाई कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल तथा अन्र्तक्रिया भएको छ ।

पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले अरु कुरालाई थाति राखेर भएपनि स्वास्थ्य क्षेत्रलाई प्राथमक्तिामा राखेर काम गर्ने बताएकी छन् । स्वास्थ्य क्षेत्र सबैभन्दा बढी सम्बेदनशिल क्षेत्र भएका कारण पहिलो प्राथमक्तिामा राखेर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

सेवा दिए अनुसारको रिपार्टिगं भएको छ या छैन्, तथ्यांक सही छ छैन्, कागजी रुपमा रेर्कड भएका तथ्यांक सही रुपमा ईन्ट्री भएको छ छैन् लिगायतका बिषयमा जनप्रतिनिधी समेतलाई राखेर स्वास्थ्य शाखाका कर्मचारीहरु बिच छलफल भएको छ ।

यसका साथै जिल्लाका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाको भौतिक अवस्था, कर्मचारी अभावका अवस्था स्वास्थ्य सामाग्री, तथ्यांक तथा रिपोर्टिगंको लागि आवश्यक सामाग्री, आवश्यक औषधी लगायतका बिषयमा समेत सो क्षेत्रका जनप्रतिनिधीलाई जानकारी गराईएको छ । यि सबै कुराको सुधारका लागि जनप्रनिधीलाई समेत आग्रह गरिएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए ।