मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाहरुको क्षमता अभिवृद्धि तालिमले सकारात्मक सोचको विकास गर्ने छ : नगर प्रमुख चलाउने

युवाहरुको क्षमता अभिवृद्धि तालिमले सकारात्मक सोचको विकास गर्ने छ : नगर प्रमुख चलाउने


तीन दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

अछाम: पञ्चदेवल नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।
पञ्चदेवल विनायक नगरपालिकाको आर्थिक सहयोग, परिवर्तन युवा क्वलबको आयोजना तथा जनजागरण युवा क्लवको सहजीकरणमा पौष २३ गते देखि २५ गते सम्म युवाहरुको क्षमता अभिवृद्धिका लागी सञ्चालन भएको तालिम सोमवार सम्पन्न भएको हो ।

युवाहरुको क्षमता अभिवृद्धि तथा बोल्ने कलाको विकास गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको युवा क्लवले जानकारी दिएको छ ।

सुशिल बटालाको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख चलाउनेले उद्घोषण तथा भाषणकला तालिमले युवाहरुमा समाज रुपान्त्रण र सकारात्मक सोचको अभिवृद्धि भएको विश्वास व्यक्त गरकी छन् । तीन दिने तालिमले केहि युवाहरुका लागी सारात्मक सोचको विकास गरेको र आगामी दिनमा सकारात्मक कुरालाई बढी जोड दिन पनि उनले सुझाव दिईन् । युवाहरु वर्तमान समाजका साझेदार र भविष्यका कर्णधार भएकाले यस्ता खालका कार्यक्रमले समृद्ध,सुशासन नगरपालिकामा टेवा पुग्ने अपेक्षा सहित आगामी दिनमा पनि युवाहरुका समस्याको पहिचान गरि थुर्पै खालका कार्यक्रम गर्ने उल्लेख गरिन् ।


यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहेका नगर उपप्रमुख हर्क रावलले बोल्ने सिप मानव जिवनको हरेका क्रियाकलापमा महत्वपुर्ण हुने भएकाले उद्घोषण तालिम आवश्यक रहेको बताए । तिन दिने तालिम नगर क्षेत्रका केही युवाहरुका लागी उपलब्धिमूलक भएको नगरउप्रमुख रावलले बताए ।


तीन दिने तालिमको पश्चिम आवाज कैलालीका प्रबन्धक निर्देशक युवाराज न्यौपाने,नेपाल पत्रकार महासंघ आछामका उपाध्यक्ष रमेश रावतले प्रशिक्षण दिएका थिए भने तीन दिने तालिमको सहजिकरण जनजागरण युवा क्लबका अध्यक्ष तथा पत्रकार महासंघ अछामका सदस्य दिनेश केसीले सहजिकरण गरेका थिए ।