शुलभराज बराल तिनीहरू फेरि आउँछन् देशभक्तिको नारा लगाउँछन् आकासमा उडी हिँड्ने पन्छी भगाउँछन् आकाशवाणी जसरी हराउँछन् तिनीहरू फेरि आउँछन् हामीलाई बन्दुक बोकाउँछन् सूर्य र चन्द्रमाको हत्या गर्न लगाउँछन् क्रान्तिको वनभोज खुवाउँछन् क्रान्ति र शान्तिको वाचा जो गराउँछन् तर तिनीहरू फेरि आउँछन् कालो कोट लगाउँछन् कालो अक्षर कालोपाटीमा लेखाउँछन् हाम्रो मन कालो बनाउँछन् सडकमा कालोपत्रे खन्याउँछन् नयाँ मार्ग बनाएर देखाउँछन् तर तिनीहरू फेरि आउँछन् हामीलाई मात्ने चिज खुवाउँछन् भविष्यको प्याला पिलाउँछन् र छन्दक बनाउँछन् हामीलाई…