मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्ष सन् २०२१ को सुरुवात, ‘न्यू इयर इभ’ का रुपमा मनाइँदै

नयाँ वर्ष सन् २०२१ को सुरुवात, ‘न्यू इयर इभ’ का रुपमा मनाइँदै


काठमाडौं-  गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको भन्ने भनाइ छ।

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।  

विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार भएको छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ। आज पनि विभिन्न होलेट, रेष्टुराँलगायतले यो वर्ष मनाउने तयारी गरेका छन्।