मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिजको बागडोर खनाललाई, बर्ष २०२१ लाई उत्कृष्ट बर्ष बनाउने उद्घोष

नेपाल जेसिजको बागडोर खनाललाई, बर्ष २०२१ लाई उत्कृष्ट बर्ष बनाउने उद्घोष

'नेपाल जेसिज बर्ष २०२१ : अध्यक्ष जेसी खनाल सहित बोर्डका पदाधिकारीद्धारा पदभार ग्रहण'


नेपाल जेसिज बर्ष २०२१ : अध्यक्ष जेसी खनाल सहित बोर्डका पदाधिकारीद्धारा पदभार ग्रहण’

काठमाडौँ : नेपाल जेसिज बर्ष २०२१ का लागि नव निर्वाचित अध्यक्ष जेसी अरुणेश्वर खनालले पदभार ग्रहण गरेका छन् । अध्यक्ष निर्वाचित भएपछि खनालले पदभार संगै नेपाल जेसिजको बागडोर सम्हालेका छन् ।

भलवारी जेसिजको आथित्यता तथा नेपाल जेसिजको आयोजनामा भैरहवामा सम्पन्न ४७ औँ राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष निर्वाचित भएसंगै जेसी खनालले पदभार ग्रहण गरेका हुन् ।

नेपाल जेसिजको आयोजनामा जेसिजको सचिवालय काठमाण्डौँमा भएको पदभार ग्रहण तथा अध्यक्ष पदको कुर्सी हस्तान्त्ररण समारोहमा अध्यक्ष संगै २०२१ को बोर्डले पदभार ग्रहण गरेको हो ।

अध्यक्ष खनाललाई निर्वातमा अध्यक्ष जेसिआई सिनेटर जेसी अशोक शंकरले राष्टिय अध्यक्षले प्रयोग गर्ने कुर्सीमा बसाल्दैँ माला लगाई दिएका थिए । अध्यक्षको पद सम्हालेसंगै जेसी खनालले बर्ष २०२१ लाई नेपाल जेसिजमै उत्कृष्ट बर्ष बनाउने उद्घोष गरेका छन् ।

यस्तै खनाल संगै बर्ष २०२१ का लागि निर्वाचित कार्यकारिणी उपाध्यक्ष, महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष तथा उपाध्यक्षहरुले पनि पदभार ग्रहण गरेका छन् ।