हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत् जनाएको हो । हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७…