मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँहरुको पनि गाउँ हो खोकले गैरा

गाउँहरुको पनि गाउँ हो खोकले गैरा


अछामका धेरै गाउँहरु मध्य यो गाउँ अलि बिशिस्ट छ। साविकको जनालीबण्डाली गाविसको सुदुर गाउँ खोकलेगैरा अहिले मंगलसैन नगरपालिका बाट झन दुर छ । मंगलसेन नगरपालिका वडा नंं. ७ मा पर्ने खोकलेगैरा बाट केही मिनेटमा कमलबजार नगरपालिकाको सिमा क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

तर सिमानाले सुदुर भए पनि आफ्नो छुट्टै पहिचानका कारण खोकलेगैरा भावनाले अनि सम्भावनाले बिचमा नै छ । मिहिनेती थ्यायत (खड्का) परिवार र केही विक परिवारका मानिसहरुको थलो खोकलेगैराको अरु भन्दा छुट्टै पहिचान कायम छ ।

खोकलेगैराको शिरमा रहेको जाजकोट धुरेलामाई को थान ( मन्दिर ) ले पुरै अछामको शोभा बढाएको छ, भने जनाली रवाका सुन्दर फाटहरुले सुन्दर झल्काउनमा कुनै कसर बाकि राखेका छैनन् ।

गाउँघर बाट पैदल हिड्दा ३० मिनेटमा औलका खेत र २५ मिनेटमा लेखका नारे , गोठ छाना पुग्न सकिने भएकोले मेरो बुझाइमा खोकलेगैरा बिशिस्ट गाउँ हो । गाउँको नाम संग गहिरो जोडिए पनि श्री जालपादेवी श्री धुरेला माइ र श्री बण्डाली देवताको आशीर्वाद पाएका यहाँका मानिसहरुको सोच निकै फराकिलोका साथै उच्च छ ।

खोकलेगैराका मिहिनेती मानिसहरूको इमानदारीताको प्रभाव सबैतिर छ । खासगरी सामुहिक र सामुदायिक भावनाको विकास भएको सुन्दर गाउँको लेख अवल मात्र उर्वर छैन । यहाँका मिहिनेती मानिसहरू पनि उत्तर सृजनशीलता पनि पाइन्छ ।

जागीर , खेतीकिसानी , पशुपालन लगायतका पेशा ब्यावसायमा सफल खोकलेगैरा बासिहरुको प्रभाव मलवार ( तराई ) , प्रवास सम्म पनि छ । कुन्टाका गडा र बाटका थला जस्ता सहयात्री भएको खोकलेगैरा सुन्दर मात्र होइन सम्झदार पनि छ ।

प्रयाप्त सम्भावना भएको गाउँहरुको गाउँ खोकलेगैरालाई पशुपालन र कृषिका कार्यक्रम मार्फत मुलधारमा समावेश गर्न जरुरी छ । युवाहरूको नेतृत्वमा रहेको सुन्दर खोकलेगैरामा पशुपालन र कृषि कार्यक्रमका लागि सम्भाव्यता अध्यनका लागि सरोकारवालाको ध्यानाकर्षण हुनुपर्छ ।

बसाइँसराइले सानो बनेको खोकलेगैरा भौगोलिक बनावटले एकान्तमा भए पनि त्यहाका मिहिनेती मानिसहरू विकासको मुलधारमा समावेश हुन चाहन्छन ।

माथि उल्लेख गरिएका शब्दहरु नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाका हुन् ।