मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डीभी चिट्ठा २०२१ को नतिजा आज प्रकाशित हुँदै

डीभी चिट्ठा २०२१ को नतिजा आज प्रकाशित हुँदै


काठमाडौं । डीभी चिट्ठाको नतिजा शनिबार प्रकाशन हुने भएको छ। अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जनाएको छ ।

त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।

यदि नम्बर कन्फर्मेसन बिर्सनुभएको छ भने पनि https://nepal.usembassy/photos/a.109610579076010/2936186089751764/?type=3&theater मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ।

‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’

अमेरिकामा रहेका नेपालीले ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ। दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।