धनगढी : सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ५७ हजार सात सय बढिलाई क्वारेन्टाइनमा राखिएको छ। भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५७ हजार चार सय २८ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। क्वारेन्टाइनमा राखिएका मध्ये ४९ हजार तीन सय ६८ जना पुरुष र ८ हजार ६० जना…