मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नश्लवाद र हिंसा बन्द गर : फिफा

नश्लवाद र हिंसा बन्द गर : फिफा


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जातीवाद, नश्लवाद र हिंसा बन्द गर्न अपिल गरेको छ। उसले सोमबार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो।

‘जर्ज फ्लोएड मामलको दुखद अवस्थाबारेमा धेरै फुटबलरहरुले व्यक्त गरेको भावना र चिन्ताको गहिराइ फिफाले बुझेको छ,’ फिफाले सूचनामा भनेको छ, ‘फिफा नश्लवाद र कुनै प्रकारको विभेदविरुद्ध लगातार दृढ रहँदै आएको छ। र, त्यस्तो व्यवहारलाई उन्मूलन गर्न मद्दत पुर्याउन भर्खरै आफ्नो अनुशासन सम्बन्धि नियमलाई पनि सुदृढ पारेको छ।’

जातीवादको मुद्दा फुटबलमा पनि देखिने भएकाले फिफाले जातिय विभेदविरुद्ध अभियानहरु पनि सञ्चालन गरेको थियो। जसमा फिफाले आफ्नै अगुवाइमा सन्देश पठाउने गर्दथ्यो।

‘बुन्डेसलिगाका केही खेलाडीले गरको प्रदर्शन तालीको योग्य छ न कि सजायको,’ फिफा अध्यक्ष गिन्नी एन्फान्टिनोले भने,‘हामी सबैले जातीवाद वा कुनै प्रकारको विभेदलाई सहनु हुँदैन। कुनै प्रकारको हिंसा मन्य छैन भनेर हामीलै भन्नैपर्छ।’