काठमाडौं- बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवालाई कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ। कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका शिवनाथ–१ का २२ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएपछि प्रहरीमा त्रास फैलिएको छ। प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले पाँच जना थुनुवामध्ये एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि सबै प्रहरीमा त्रास फैलिएको बताए। पाण्डेका…