मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित ४८७, कुन प्रदेश र जिल्लामा कति (विवरणसहित)

कोरोना संक्रमित ४८७, कुन प्रदेश र जिल्लामा कति (विवरणसहित)


काठमाडौं- शुक्रबार बिहानसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४८७ पुगेको छ। यीमध्ये ४९ जनालाई निको भएको छ भने ३ जनाको निधन भएको छ। भाइरस संक्रमण देशका ३८ जिल्लामा फैलिएकाे छ।

सबैभन्दा बढी प्रदेश ५ मा २१३ जना संक्रमित भएका छन्। त्यसमध्ये सबैभन्दा प्रभावित बाँके जिल्लामा १०१ जनालाई संक्रमण भएको छ। कोरोना भाइरसबाट निधन भएकामा २ जना प्रदेश ५ कै (१ जना बाँके र १ जना गुल्मी) छन्। प्रदेश ५ मा अहिलेसम्म १ जनालाई मात्र कोरोना भाइरस निको भएको छ।

दोस्रो बढी प्रभावित प्रदेश २ मा अहिलेसम्म १५० जना संक्रमित भएका छन्। तीमध्ये सबैभन्दा बढी प्रभावित जिल्ला पर्सामा ९१ जना संक्रमित भएका छन्। प्रदेश २ मा ४ जनालाई कोरोना भाइरस निको भएको छ ।

यसपछि प्रदेश १ मा ८४ जना संक्रमित भएका छन्। सबैभन्दा बढी झापामा ३५ जना संक्रमित छन्। प्रदेश १ बाट २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा २९ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट यो प्रदेशमा १ जनाको निधन भएको छ भने सबैभन्दा बढी १२ जना काठमाडौंमा संक्रमित छन्। बागमती प्रदेशमा ११ जनालाई कोरोना भाइरस निको भइसकेको छ। गण्डकी प्रदेशमा ५ जनामा संकमण देखा परेकाेमा २ जना डिस्चार्ज भइसकेका छन्। 

सुदूरपश्चिम प्रदेशमा ५ जनालाई कोरोना भाइरस संक्रमण भएकामा सबैजना उपचारपछि घर फर्किएका छन्। कर्णाली प्रदेशमा भने हालसम्म १ जनामा कोरोना भाइरस देखिएको छ। – nepalsamya

कुन जिल्लामा कति संक्रमित 

प्रदेश १, ८४ जना संक्रमित
झापा : ३५
उदयपुर : ३३
खोटाङ : १
भोजपुर : १
सुनसरी : ३
धनकुटा : ७
मोरङ : ४

प्रदेश २, १५० जना संक्रमित

पर्सा : ९१ निको
बारा : ४
रौतहट : २२
सर्लाही : २०
महोत्तरी : ३
धनुषा : ८
सिरहा : १
सप्तरी : १

बागमती प्रदेश, २९ जना संक्रमित

चितवन : ५ 
मकवानपुर : २
काठमाडौ : १२
सिन्धुपाल्चोक : १ मृत्यु
काभ्रे : १
ललितपुर : १
भक्तपुर : ३ 
रामेछाप : १
सिन्धुली : १

धादिङ : २

गण्डकी प्रदेश, ५ जना संक्रमित

बाग्लुङ : २
नवलपरासी पूर्व : २
लम्जुङ : १

प्रदेश ५, २१३ जना संक्रमित

बर्दिया : २  
बाँके : १०१ (१ काे मृत्यु)
दाङ : ५
कपिलवस्तु :६९
गुल्मी : १ मृत्यु
रुपन्देही : २९ 
नवलपरासी पश्चिम : ६

कर्णाली प्रदेश, १ जना संक्रमित

दैलेख : १

सुदूरपश्चिम प्रदेश, ५ जना संक्रमित

कञ्चनपुर : १ 

कैलाली : ४