मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३ जिल्लाका ७० जनाले जिते कोरोना भाइरस

१३ जिल्लाका ७० जनाले जिते कोरोना भाइरस


काठमाडौं- कोरोना भाइरस संक्रमण भएका विभिन्न १३ जिल्लाका ७० जना अस्पतालबाट घर फर्किएका छन्।

शुक्रबार एकै पटक बाँकेमा २१ जना कोरोना मुक्त भएका हुन् भने बिहीबारसम्म ४९ जनाको निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निको भएर घर फर्किएकामा कञ्चनपुरका १ र कैलालीका ४ जना छन्। यी पाँच जनालाई निको भएपछि कञ्चनपुर र कैलीलीमा कोरोना भाइरस देखिएको छैन।

यस्तै संक्रमित २ जना निको भएपछि बाग्लुङमा पनि थप संक्रमण देखिएको छैन। रुपन्देहीका १, चितवनका २ र पर्साका ३ जनाले कोरोना भाइरस जितेका छन्।

संक्रमित भएर निको भएका अन्यमा रौतहटका १, उदयपुरका २३ र काठमाडौंका ७ जना छन्।

भक्तपुरका २, भोजपुरका १ र झापाका २ जनाले पनि कोरोना जितेका छन्। भोजपुरमा पनि एकजनालाई निको भएपछि अरुलाई संक्रमण देखिको छैन। – nepalsamaya