मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि


बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो ।

भेरी अञ्चल अस्पतालले उनी नर्स रहेको जनाएको छ । उनी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी स्थानिय बासीन्दा हुन् ।बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । खजुरा प्रखर अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ ।

संक्रमितलाई उपचार गर्नेा क्रममा उनलाई कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ । नेपाल अहिले सम्म संक्रमितको संख्या ४५७ पुगेको छ । भने बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेका छन् ।

बिहीबार बाँकेमा थप दुई जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका ३ संक्रमित मध्ये नरैनापुर ३ निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ बर्षीया महिला र कपिलवस्तुको शुद्धोदन निवासी १९ बर्षीय पुरुष छन् ।