कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको छ। सरकारले सामाजिक दूरी कायम राख्न जात्रा, पर्वसमेत भेला भएर नमनाउन भनेकाले रथ उठाउने वा नउठाउने भन्ने विषयमा गुठी संस्थान र आयोजक समिति अन्योलमा छ।…