मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतलाको सहयोगार्थ जनस्तरको सहयोग अभियानको तेश्रो दिन १ लाख ७५ हजार बढी सहयोग गर्ने घोषणा

बयालपाटा अस्पतलाको सहयोगार्थ जनस्तरको सहयोग अभियानको तेश्रो दिन १ लाख ७५ हजार बढी सहयोग गर्ने घोषणा


पवित्रा खड्का, २७ चैत्र, अछाम |

अछाम स्थित बयालपाटा अस्पताललाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन नागरिक स्तरबाट अस्पताललाई आर्थिक सहयोग अभियानमा स्वेच्छिक रुपमा आर्थिक सहयोग घोषणा अभियान जारी छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोग गर्ने अभियान सुरु गरिएको समाजसेवी तथा अभियानकर्ता कृष्ण कुवँरले बताउनु भयो ।

अभियान थालनी भएको तेश्रो दिन १ लाख ७५ हजार बढी सहयोग गर्ने विभिन्न समाजसेवी व्यक्ती तथा क्षेत्रबाट घोषणा भएको छ ।

अछाम निवासी नेपाली कांग्रेस क्षेत्र न १ पूर्व क्षेत्रीय सभापति लक्ष्मण खड्का हाल अमेरिकाबाट ३५ हजार ३ सय ६७, उद्योग वाणीज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायत २५ हजार, हेमराज खड्का साँ.न.पा. १० घुघुरकोट तासी बाट २५ हजार, प्रभु बैंक टिकापुरकाख म्यानेजर मोतीराज रेग्मी (सानपा २ जाल्पादेवि) १५ हजार, सानपा ५ नवठानाका वालशिक्षा सहजकर्ता चन्द्रकला देवि ठकुल्लाबाट १५ हजार, सानपा स्वास्थ्य शाखा प्रमुख पुस्प बुढाबाट १० हजार एकसय, जनस्वास्थ्य निरिक्षक लक्ष्मण नाथ योगी स्वास्थ्य शाखा साँफेवगर नगरपालिकाबाट १० हजार एकसय, बुढीगंगा नगरपालिका अधिकृत कल्पना ठकुल्ला (साँ.न.पा ५ नवठान) बाट १० हजार एकसय, मुक्ती जोशी साँफेवगर नगरपालिका १० हजार, इञ्जीनियर पूर्ण बहादुर कुँवर गोदावरी नगरपालिका अत्तरीयाद्धारा ५ हजार, गंगा देवि वजगाई ५ हजार एकसय, सुरज ढुंगाना मंगलसैन नगरपालिका हाल काठमाण्डौं बाट ५ हजार, एफएनविसि कार्यक्रम संयोजक गणेश तिरुवाले ५ हजार एकसय सहयोग गर्ने घोषणा गरेका छन् ।

तिन दिन गरेर जम्मा ५ लाख ४६ हजार ३ सय ६७ सहयोग गर्ने घोषणा भएको छ ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।