मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैंकद्धारा साँफेबगर नगरपालिकालाई ४० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण

प्रभु बैंकद्धारा साँफेबगर नगरपालिकालाई ४० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण


बिक्रम परियार, चैत २७ अछाम |

प्रभु बैंक लिमिटेड शाखा साँफेबगरले साँफेबगर नगरपालिकालाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

बिश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीको कारण खाद्यान्न संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै बैँकले ४० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।

प्रभु बैंक लिमिटेड शाखा साँफेबगरका प्रबन्धक धर्म बुढाले ३० केजी बराबरका २५ कट्टा चामल, २५ केजी बराबरका २ कट्टा दाल, १० लिटरको १ पेटि तेल र ५० केजि बराबरको १ कट्टा नुन साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरलाई हस्तान्तरण गर्नु भएको हो ।

प्रभु बैंक लिमिटेड सुदुर पश्चिम प्रदेशले थालेको अभियान अन्तरर्गत साँफेबगरमा हस्तान्तरण गरिएको र कमलबजार शाखा मार्फत कमलबजार नगरपालिकालाई समेत हस्तान्तरण गरिने प्रबन्धक बुढाले बताउनु भयो ।

बैँकले सुदुरपश्चिमका १० वटा स्थानीय तहमा ५ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो । सामाजिक हितलाई ध्यानमा राख्दै बैँकले आफनो कार्य क्षेत्र कैलाली, कन्चनपुर, डडेल्धुरा र अछामका आफना शाखा मार्फत स्थानिय तहलाई खाद्य सामग्री हस्तान्तरण गरिएको बताईएको छ ।

जसमा धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका, टिकापुर नगरपालिका, भिमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुनर्वास नगरपालिका, बर्दगोरिया गाउँपालिका, कमलबजार नगरपालिका, साफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।