मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक अभियान्ता खड्काद्धारा कोरोनाबाट मृत्यु भएकाको सम्झ्नामा स्मृती निर्माण

सामाजिक अभियान्ता खड्काद्धारा कोरोनाबाट मृत्यु भएकाको सम्झ्नामा स्मृती निर्माण

खड्काले सामाजिक क्षेत्रमा पुर्याएको योग्दानको कांग्रेस नेता तिमिल्सैनाद्धारा प्रशंसा व्यक्त


स्मृती निर्माणले संसारमै नेपाललाई एक आध्यात्मीक राष्ट्रले चिनाउन सकिने खड्काको विश्वास |

पूर्ण बहादुर खड्का, २७ चैत्र, अछाम ।

सामाजिक अभियान्ता योगयात्री बिष्णु बहादुर खड्काले बिश्वमा कोरोना भाईरसको कारण मृत्यु भएका नागरिकहरुको सम्झ्नामा स्मृती निर्माण गरेका छन् ।

कुशल योग प्रशिक्षक, साहित्यकार र आयुर्वेद तथा प्राकृतिक चिकित्सा क्षेत्रका कुशल स्वास्थ्यकर्मी समेत रहेका खड्काले आफ्नो जन्मदिनको अवसरमा काठमाण्डौँको बुढानिलकण्ठ स्थित जंगलमा आफ्नै लगानीमा लकडाउनको बेला स्मृती भवन केन्द्र स्थापना गरेका हुन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सम्झनामा बुढानिलकण्ठको जंगलमा उहाँले आफैले ढुङ्गा बोकेर कोरोना स्मृति केन्द्र निर्माण गर्नुभएको हो ।

स्मृती केन्द्र स्थापना गरिएको स्थानमा विश्व शान्तिको लागि दैनिक रुपमा हवन पनि हुने गरेको खड्काले बताए ।

नेपाल आर्थिक रुपमा पछि भएपनि आध्यत्मिक राष्ट्रका हिसाले एकदमै अघि रहेको भन्दै खड्काले आफुले उक्त कार्यको थालनी गरेको उल्लेख गर्नुभयो ।

नेपाल आध्यात्मीक राष्ट्र भएकाले आफ्नो यस कार्यले शिब, बुद्ध र थुप्रै ऋषिमुनिको पहिचान हुनुका साथै पर्यटनमा समेत टेवा पुग्ने विश्वास खड्काले लिएका छन् ।

अहिले सामान्य रुपमा स्मृती निर्माण कार्यको श्री गणेश मात्रै गरेता पनि भविष्यमा सो स्मृति केन्द्रमा कोरोना भाईरसबाट मृत्यु भएकाहरुको स्मणका लागि बिश्वका विभिन्न राष्ट्रका झण्डा अंकित छानो हुने उहाँले बताए ।

साथै कोरोना भाईरस स्मृति केन्द्रमा विश्वको सम्पूर्ण मृत्यु तथा उपचार पछि निको भएका व्यक्तिको तथ्यांक समेत उल्लेख गरिने उहाँको भनाई छ ।

स्मृती निर्माण कार्यले संसारमै नेपाललाई एक आध्यात्मीक राष्ट्रले चिनाउन सकिने उहाँले विश्वास गर्नुभएको छ भने उक्त कार्यमा सम्बन्धीत क्षेत्रबाट सहयोग समेत अपेक्षा गरिएको छ ।

आध्यत्मिक राष्ट्र भनेर चिनाउन मुखले मात्रै शान्तिको कामना भन्दा पनि व्यवहारिक रुपमा नै हो भनि सो कार्य गरेको र यो निर्माण कार्य आफु नै नेपाल राष्ट्रले नै निर्माण गरेको मान्न सकिने उनको दाबी छ ।

समाज परिर्वतनका लागि विभिन्न समयमा रचनात्मक कार्य गर्दै आईरहनु भएका खड्काले काठमाण्डौँमा पनि योग चिकित्सा अभियानलाई संगै लिएर अघि बढी रहनुभएको छ ।

यस अघिका जन्मदिनमा समेत खड्काले आफु बाल्यकाल देखि अध्ययन गरेको स्कुल जाल्पा देवी माबि मुग्रा चौरमा पुस्तकालय स्थापना गर्नुभएको छ ।

यस्तै खड्काले जन्मदिनकै अवसरमा षोडशा उमाबिका टुहुरा बालबालिकालाई शैक्षिक सहयोग, मंगलसेन कारागारका कैदीलाई योग र जडिबुटी जुस बितरण, जिल्लामा साहित्यिक कार्यक्रम तथा अन्य सामाजिक कार्य गर्दै जन्म दिन मनाउदैँ आईरहेका छन् ।

खड्काले सामाजिक क्षेत्रमा पुर्याएको योग्दानको कांग्रेस नेता तिमिल्सैनाद्धारा प्रशंसा व्यक्त

खड्काको जन्मदिनको अवसरमा शुभकामना दिदैँ नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष एवंम नेपाली कांग्रेस अछामका सहसचिव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले अछाम जिल्लामा सामाजिक अभिायनताको रुपमा क्रियाशिल खड्काले समाज परिर्वतनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै छाउपडी कुप्रथा, खुल्ला दिशामुक्त अभियान, योग चिकित्सा अभियान तथा आयूर्वेदिक स्वास्थ्यमा उल्लेख योग्दान पुर्याएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।