मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमानद्धारा श्रमितीको गोली हानी हत्या

श्रीमानद्धारा श्रमितीको गोली हानी हत्या


पदमबहादुर सिंह / बाजुरा २७ चैत्र– बाजुरा जिल्लाको गौमूल गाउपालिका वडा नम्बर ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । हिजो राति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् । भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अबस्थामा फेला परेपछि आज बिहान मात्र माईती पक्षले प्रहरीलाई जानकारी आएको ठगुन्नाथले बताए । जानकारी पश्चात गौमुल गाउपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सुन्तको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धा थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटना स्थल तिर गैरहेको छ । घटना के कति कारणले भएको हो थप बिबरण टोली पुगेपछि थाहा हुने प्रहरीले जनाएको छ ।